रिडी–रुद्रवेणी–वामी सडक तीन दिनदेखि अवरुद्ध
असार - २० । तीन दिनदेखि अवरुद्ध बनेको गुल्मीको रिडी–रुद्रवेणी–वामी सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
अविरल वर्षासँगै शनिबार बिहानदेखि तुराङ, जोहाङ, अश्लेवा गाविस क्षेत्रका विभिन्न स्थानमा पहिरो खसेका कारण उक्त सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन र यात्रु अलपत्र परेका छन् । पहिरो खस्ने क्रम जारी रहेकाले सडक सञ्चालनमा आउन समस्या भएको तम्घास– सिमलटारी सडक आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर चट्टान फुटाउन पहल भइरहेको छ । बाटो अवरुद्ध बनेपछि भुवाचिदी वामीटक्सारबाट बुटवलतर्फ जाने सवारी साधन सदरमुकाम तम्घास भएर जाने गरेका स्थानीय व्यवसायी ज्ञानहरि सापकोटाले बताउनुभयो । रासस