मुख्य समाचार

फेवाताल अतिक्रमण : अनुमतिविनै कर्ण शाक्यको रिसोर्ट सञ्चालनमा

फेवाताल अतिक्रमण : अनुमतिविनै कर्ण शाक्यको रिसोर्ट सञ्चालनमा

काठमाडौं । पर्यटकीय आकर्षणको केन्द्र फेवातालको किनारस्थित सेदी भन्ने स्थानमा पर्यटन व्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिविनै बनाइएको खुलेको छ ।

शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उद्योग महाशाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफारिस नगरेको उल्लेख गरेको छ । पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पार्क भिलेज वाटर फन्ट रिसोर्ट पर्यटकीय स्थलमा रिसोर्टका रुपमा दर्ता गर्न यस महाशाखाबाट सिफारिस गरिएको अभिलेख छैन, महाशाखाले २०६८ भदौ १ गते सर्वोच्च अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ ।

अधिवक्ता खगेन्द्र सुवेदी र बालकृष्ण भण्डारीले २०६८ असारमा कर्ण शाक्य, प्रधानमन्त्री कार्यालय र पर्यटन उद्योग महाशाखा, कम्पनी रजिष्टार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र पर्यटन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

महाशाखाले पर्यटकीयस्थलमा सञ्चालन हुने होटल, रिसोर्ट, रेस्टुरेन्ट आदिको हकमा लालपुर्जा, नक्सा, स्थलगत निरीक्षण, भान्छा, शौचालय, पार्किङ तथा वातावरणीय अध्ययन प्रतिवेदन अध्ययन गरेर मात्र सञ्चालन सिफारिस गर्ने कानुनी व्यवस्था छ ।

नागरिक दैनिक

विशेष