विदेश

अफगानी गुप्तचर संस्थामा कार्यरत ५ अधिकारीको हत्या

अफगानी गुप्तचर संस्थामा कार्यरत ५ अधिकारीको हत्या

 

काबुल, अफगानिस्तान । अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ । 

उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । बागराम जिल्लाको वरपर भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन् । 

बागरामका जिल्ला प्रशासन प्रमुख अब्दुल शुकुर कुदुसीले मृतक सबै अफगानी गुप्तचर निकायका अधिकारी रहेको बताएका खामा प्रेसले जनाएको छ । 

घटनाबारे अफगानिस्तानका सरकार विरोधी शसस्त्र लडाकू समूह तथा अफगानिस्तानमा निरन्तर सरकारविरुद्ध आन्दोलन गर्दै आएको तालिवान विद्रोहीले कुनै प्रतिक्रिया जनाएको छैन । 

 

विशेष