विदेश

अमेरिकाले उत्तर कोरियाविरुद्ध व्यापक साइबर हमला गर्दै छ – प्योङयाङ

अमेरिकाले उत्तर कोरियाविरुद्ध व्यापक साइबर हमला गर्दै छ – प्योङयाङ

प्योङयाङ, उत्तरकोरिया । अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ ।

 

उत्तर कोरियाको केन्द्रीय समाचार संस्था (केसिएनए) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित समाचारमा “अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५मा प्रकाशित अङ्कमा वासिङटनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरियाली प्रायद्वीपविरुद्ध प्रयोग गर्न लागिएको” बताइएको छ ।

 

अमेरिकी केन्द्रीय गुप्तचर निकायजस्ता संस्था अहिले साइबर हमलाको तयारीमा रहेका र यसका लागि अमेरिकाको अर्बौ डलर बराबर खर्च गरिन लागेको दाबी उत्तरकोरियाको छ । यसका लागि विज्ञहरूलाई तालिमसमेत दिइसकिएको उत्तरकोरियाले जनाएको छ ।

 

एनबीसी, ब्लुमवर्ग न्यूज तथा वासिङ्टन पोष्टजस्ता अमेरिकी सञ्चारमाध्यमले ‘साइबर आतङ्क’ र यसका कारण अमेरिकालाई उत्तरकोरियाबाट ‘खतरा’ बारेमा लेखेका कारण प्योङयाङविरुद्धको अमेरिकी कदम व्यवहारिक कार्यान्वयनको चरणमा रहेको उत्तरकोरियाली अधिकारीले बताएका छन् ।

 

अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका क्रममा ठूलो सङ्ख्यामा साइबर युद्ध विज्ञलाई पठाइएको केसीएनले उल्लेख गरेको छ ।
रासस

विशेष