विदेश

‘धरतीको नर्क’ सिरियामा हमला जारी

‘धरतीको नर्क’ सिरियामा हमला जारी

काठमाडौं । युद्धविराम गर्ने सहमतिलाई त्याग्दै सिरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ । ताजा हमलामा क्लोरिनजस्ता रासायनिक हतियारको पनि प्रयोग गरिएको जनाइएको छ ।

 


राजधानी दमास्कस नजिकको गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सिरियाले बमबारी गर्दा पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक जेरमी बोबेनका अनुसार सिरियामा सात वर्षदेखि लडाईं जारी छ र जसमा युद्धविराम सायदै भएको होला ।

 


आक्रमणमा सिरिया सरकारलाई रुसी सरकारले सहयोग गर्दै आएको छ । रुसले भने विद्रोही संगठन जैस अल इस्लामले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।


रुसको यस आरोपमा जैस अल इस्लामका प्रवक्ताले जब सिरिया सरकारले नै संयुक्त राष्ट्र संघको प्रस्ताव मानिरहेको छैन भने हामी पनि आफ्ना बच्चाहरुसँग हात बाँधेर बस्न सक्दैनौं भनी बताएका छन् । सीरियामा हवाई र स्थल सैन्य कारवाही अद्यापि जारी छ ।

 

 

गत आइतबार फ्रान्स र जर्मनीले रुसलाई, सिरिया सरकारलाई युद्धविरामको सम्मान गर्न दबाव दिन आग्रह गरेका थिए ।

 

सिरिया अर्थात् ‘पृथ्वीमा नर्क’
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पूर्वी गुटाको हालतलाई ‘पृथ्वीमा नर्क’ जस्तै भएको टिप्पणी गरेका छन् । हवाई र स्थल आक्रमणबाट मृत्यु हुनेहरुको संख्या अधिक छ । आक्रमण भएको क्षेत्रमा लगभग चार लाख व्यक्ति फसेका छन् ।

 

समाचार एजेन्सी रोयर्टसका अनुसार इरानले युद्ध विरामलाई सम्मान गर्ने छ तर, दमास्कसको आसपासमा आफ्नो सैन्य कारवाही रोकिने छैन । किनकि उसको भनाइमा यो क्षेत्र युद्ध विरामको दायरामा आउँदैन ।

विशेष