चीनमा माओत्से तुङपछिका नेता सी जिन पिङ
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपति कार्यालयमा लगाइएको सीमा हटाउने प्रस्ताव राखेको छ ।
यो यस्तो कदम हो, जुन अहिलेका नेता सी जिन पिङलाई सत्तामा राखिरहने छ । यसलाई चीनको राजनीतिमा एउटा यस्तो निर्णायक समयको रुपमा लिइएको छ । यस्तो घोषणाको धेरैलाई आसा भएकाे त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।
राष्ट्रपति सी जिन पिङ चीनको राजनतिमा एक प्रभाावशाली व्यक्ति भइसकेका छन् । उनलाई उनको पार्टीले निकै बफादार नेताका रुपमा हेरेको छ । जसको कारण उनी देश कै क्रान्तिकारी संस्थापक माओत्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता मानिन थालिएको छ ।
सी जिन पिङको तस्बिर पूरै देशैभर लगाइएको छ । त्यहाँको राष्ट्रिय गीतमा पनि उनको आधिकारिक छोटो नाम ‘पापा सी’ उल्लेख गरिएको छ ।
पछिल्लो साता चीनका ८० करोड जनताले टीभीमा नयाँ वर्षको उमंग हेरेका थिए । जहाँ पूरै कार्यक्रमा उनकै नयाँ सोच र जमानाको प्रचार गरिएको थियो ।