विदेश

सिरिया युद्धका हृदयविदारक ११ तस्विर, जसले विश्वलार्इ भावुक बनायाे

सिरिया युद्धका हृदयविदारक ११ तस्विर, जसले विश्वलार्इ भावुक बनायाे

 

दामसकस । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ । 



अनुगमनकर्ताहरूले सोमबार दिएको जानकारी अनुसार आतंकवादी विरुद्ध भन्दै गरिएको आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो । 



इस्लामिक स्टेट (आइएस) लडाकूको पक्कड क्षेत्र मानिने उफ्राटेस नदीको किनारमा आईतबार हवाई आक्रमण भएको थियो । 



बेलायतको लण्डनमा कार्यालय रहेको अनुगमनकारी संस्थाले मारिएका मध्ये आधाभन्दा बढी बालबालिका रहेको जनाएको छ । 



सिरियाली राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले २९ जनाको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको समाचार प्रवाह गरेको छ ।

 

देर अजोरमा गत हप्ता पनि अमेरिका नेतृत्वको हवाई सेनाको आक्रमणमा परी १५ नागरिकको मृत्यु भएको सानाले जनाएको थियो । 



कुर्द नेतृत्वको प्रजातान्त्रिक शक्ति (एसडीएफ)लाई अमेरिका नेतृत्वको गठबन्धनको समर्थन रहँदैआएको छ । 

विशेष