News विदेश

ट्रम्पकी सल्लाहकार होप हिक्सले राजीनामा दिने

ट्रम्पकी सल्लाहकार होप हिक्सले राजीनामा दिने

काठमाडाैँ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार होप हिक्सले राजीनामा दिने घोषणा गरेकी छन् । एउटा विज्ञप्तिमा उनले ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्ने बताएकी हुन् ।

 

राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेका विवरणसँग यो राजीनामा नजोडिएको प्रतिक्रिया दिइएको छ । राष्ट्रपति ट्रम्पले होप हिक्सलाई साँच्चिकै असल मानिस भन्दै अभाव खट्किने बताएका छन् ।

 

२९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन् । हिक्सले आफ्ना सहकर्मीहरूलाई आफूले ह्वाइट हाउसमा गर्नुपर्ने सबैथोक सम्पन्न गरेको बताएको विवरणहरूमा जनाइएको छ।

 

उनी ह्वाइट हाउसकी सञ्चार निर्देशकको रुपमा काम गर्ने चौथो व्यक्ति थिइन् । ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यानर्डसले हिक्स कहिलेबाट अलग हुन्छिन् त्यो प्रष्ट भइनसकेको बताइन्।

विशेष