विदेश

नोबेल शान्ति पुरस्कारको फर्जी सूचीमा परे ट्रम्प

नोबेल शान्ति पुरस्कारको फर्जी सूचीमा परे ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि प्रस्ताव गरिएको समाचार गलत हुन सक्ने नोबेल पुरस्कार समितिले बताएको छ ।

 


नर्वेमा रहेको यस समितिले यस सम्बन्धमा पुलिसमा पनि उजुरी दिएको छ । नोबेल पुरस्कारका लागि ट्रम्पको नाम ‘बलपूर्वक शान्तिका लागि विचारधारा’ को लागि एउटा अज्ञात अमेरिकीले प्रस्ताव गरेको खबर बाहिर आएको थियो ।

 


नोबेल संस्थानका निर्देशक ओलाव नियोलस्टेडले भनेका छन् कि ट्रम्पको नाम दिइएको कुरा साचो नहुन सक्छ । उनले नर्वेकै एक सञ्चारमाध्यममार्फत यो कुरा साचो नभएको र यसको कुनै ठोस प्रमाण नभएको बताएका हुन् । उनले भने, ‘सायद यस्तो फर्जी नाम अघिल्लो वर्ष पनि आएको थियो ।’

 


नोबेल शान्ति पुरस्कारको नामांकन हरेक वर्षको ३१ जनवरीसम्म हुने र विजेताको घोषणा अक्टोबरको सुरुवातमा हुने गर्छ ।

विशेष