हामीसँग विश्वकै सबैभन्दा खतरनाक हतियार छन् – रूसी राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विहीबार राजधानी मस्कोमा रुसी हतियारका नमुना पेस गरेका छन् । जुन उनी र उनको देशसँग भएको सबैभन्दा खतरनाक हो ।
रुसी संसदमा आफ्नो वार्षिक सम्बोधनमा राष्ट्रपति पुटिनले देशको अवस्था, राष्ट्रको सम्मान चुनौती र विदेश नीतिका कुराभन्दा बढी सोही खतरनाक हतियारबारे कुरा राखे ।
उनले त्यस हतियारलाई ‘कहिल्यै नहार्ने’ बताएका छन् । उनको सो हतियारमा एक द्वीपबाट अर्को द्वीपसम्म मार हान्न सकिने मिसाइलदेखि हाइपरसोनेटिक रकेट र लेजर बम पनि रहेको छ ।
राष्ट्रपति पुटिनका अनुसार यो हतियार ‘अमेरिकाको रक्षा सन्धि उल्लंघनको जवाफ’मा बनाइएको हो । उनले भने, ‘पहिले हामीसँग नयाँ हतियार थिए, यो कुरा कसैले सुनेनन्, तर भने जरुर सुन्नेछन् ।’
उनले केही हतियार मात्र प्रदर्शन गरिएको तर हतियारको सूची लामो भएको पनि बताएका छन् । आफ्नो सम्बोधनमा उनले हतियारको गुनगान गाउँदै आफूसँग भएको हतियार दुनियाँमा कसैसँग पनि नभएको र यो सबैभन्दा खतरनाक र प्रभावकारी भएको बताएका छन् ।
उनको यो बयानले कैयौंलाई शीतयुद्धको याद दिलाएको पनि सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि यस हतियार र रुसी राष्ट्रपति पुटिनले बताएअनुसार रुससँग छ, छैन यसको प्रमाण भने गरिएको छैन । र, यसबारे कुनै स्वतन्त्र एजेन्सीहरूले पनि यसको पुष्टि हुन बाँकी रहेको बताएका छन् ।