News विदेश

पुटिनले ट्रम्पलाई भने चिच्याएर केही हुँदैन प्रमाण पठाउ, के अब ट्रम्पले यस्तो प्रमाण जुटाउन सक्लान त ?

पुटिनले ट्रम्पलाई भने चिच्याएर केही हुँदैन प्रमाण पठाउ, के अब ट्रम्पले यस्तो प्रमाण जुटाउन सक्लान त ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी नागरिकले गरेको भनिएको हस्तक्षेपको ठोस प्रमाण आफूलाई पठाउन आग्रह गरेका छन् ।

 

अमेरिकामा विशेष वकिल रोबर्ट म्युलरको कार्यालयले गत महिनामा १३ रुसी नागरिक र तीन कम्पनीलाई राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भन्दै आरोपित गरेको छ । तर पुटिनले त्यसको प्रमाण वैधानिक बाटोबाट रुसलाई दिन अमेरिकालाई आग्रह गरे ।

 

‘पहिले उनीहरुले के गरे भन्ने कुरा मैले हेर्नुपर्ने हुन्छ। ती कुरा हामीलाई दिनुहोस्, सूचना दिनुहोस्,’ एक अमेरिकी च्यानल एनबिसीलाई अन्तर्वार्ता दिँदै पुटिनले भने, ‘यदि उनीहरुले रुसी कानुन उल्लंघन गरेका छैनन् भने हामी केही गर्न सक्दैनौँ ।’

 

पुटिनले अमेरिकी अधिकारीहरुले रुसी सरकारी वकिललाई यसबारेमा आधिकारिक निवेदन पठाउनुपर्ने पनि बताए । ‘यो कुरा आधिकारिक माध्यमबाट अघि बढ्नुपर्छ, सञ्चारमाध्यमबाट वा संसदमा चिच्याएरकराएर केही हुँदैन,’ उनले भने । एजेन्सी

विशेष