विदेश

पूर्वोत्तर भारतमा वामपन्थी पार्टी पत्तासाफ, भाजपालाई दुुई तिहाइ

पूर्वोत्तर भारतमा वामपन्थी पार्टी पत्तासाफ, भाजपालाई  दुुई  तिहाइ

भारतको पूर्वोत्तर राज्यमा सत्तारुढ भारतीय जनता पार्टीले गर वर्चश्व कायम गरेको छ । यसअघिको चुनावमा जमानत जफत भएको राज्यमा भाजपाले याे चुनावमा भने दुुई तिहाइ बहुमत ल्याएको छ ।


६० सिट रहेको त्रिपुरा विधानसभामा ५९ सिटमा ४३ सिट भाजपाले जितेको छ । माक्र्सवादी कम्युनिस्ट पार्टीले त्यहा १६ सिटमा मात्र सफलता पाएको छ ।

 

यसैगरी मेघालय विधानसभामा ५९ मध्ये कांग्रेसले २१ सिट जितेको छ भने एनपीपीले १९ सिट जितेको छ । सो स्थानमा भने भाजपाले २ सिट मात्र जितेको छ ।

 


यस्तै ६० सिट रहेको नागाल्यान्डमा एनडीपीले(नेसनल डेमोक्रेटिभ प्रोग्रेसिभ) र एनपीपीले समान २९–२९ सिट जितेका छन् । बाँकी दुईमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यस राज्यमा भाजपाले एनडीपीसँग मिलेर चुनाव लडको थियो ।

विशेष