भारतकाे कश्मीरमा चरमपन्थी हमला, चार जनाकाे मृत्यु
भारत प्रशासित कश्मीरको शोपियामा आइतबार राति चरमपन्थी हमला भएको छ । हमलामा एक चरमपन्थीको मृत्यु भएको र चार जनाको शव फेला परेको बीबीसीले जनाएको छ ।
उक्त हमला श्रीनगरबाट करिब ६० किलोमिटर टाढा दक्षिण कश्मीरको शोपियाको पहनु गाउँमा भएको हो ।
भारतीय सेनाका प्रवक्ता राजेश कालियाले भनेका छन् कि जाइन्ट मोबाइल व्हीकल चेकपोस्टको पहनु गाउँको इलाकामा केही चरमपन्थीले हमला गरेका थिए, उनीहरु गाडीमा हिँडिरहेका थिए ।
सेनाले हमला भएको र दुवै पक्षबाट गोली हानाहान भएको दाबी गरेको छ । उसले भनेको छ, उक्त घटनामा एक चरमपन्थीको मृत्यु भएको र उनीहरुको साथबाट केही हतियार पनि बरामद भएको छ । गाडीमा सवार ४ चार जनाको लास सोमबार बिहान ल्याइएको छ ।
उता कश्मीरका अलगाववदी नेताले हमलामा मारिने तीनै जना युवक त्यहाँका आम नागरिक भएको बताएका छन् ।