सिरियामा रुसी सैनिक विमान दुर्घटना, ३९ जनाको मृत्यु
काठमाडौं । रुसी सेनाको कार्गो विमान मंगलबार सिरियामा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ । अवतरण गर्न लाग्दा पश्चिमी सिरियास्थित रुसी पक्षले प्रयोग गर्दै आएको एउटा सैन्य अखडामा उक्त दुर्घटना भएको हो।
रुसको सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसका सञ्चार माध्यमहरुले रसियन एएन २६ मिलिटरी ट्रान्सपोर्ट प्लेन प्राविधिक त्रुटीका कारण सो दुर्घटना भएकाे हुन सक्ने बताएका छन् ।
न्यूयोर्क टाइम्सका अनुसार मृत्यु हुनेमध्ये ३३ जना रसियन आर्मी र ६ जना चालक दलका सदस्य हुन् । विमान दुर्घटनाको कारण खुलेको छैन ।