डोनाल्ड ट्रम्पका मुख्य आर्थिक सल्लाहाकारले दिए राजीनामा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकारले पदबाट राजीनामा दिएका छन् ।
ह्याइट हाउसका आर्थिक मामिलाका प्रमुख सल्लाहाकार रहेका ग्यारी खुल्ला व्यापारको समर्थक भएको र ट्रम्पको पछिल्लो आर्थिक नीतिप्रति असन्तुष्टि रहेकाे भन्दै ग्यारीले पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा गर्दै ग्यारीले आफूले राष्ट्रपति ट्रम्पको प्रशासनमा काम गर्न पाएकोमा खुशी भएको उल्लेख गरेका छन् । ट्रम्पले भर्खरै आल्मोनियम र स्टिलको आयातमा भारि कर वृद्धि गर्ने बताएका थिए ।
उक्त योजनाले अर्थतन्त्रमा ठूलै कायापलट गराउने भन्दै त्यसको चौतर्फी आलोचना भैरहेको थियो । यस्तो अवस्था ट्रम्पका उच्चस्तरिय आर्थिक मामिलाका सचेतकले राजीनामा दिएपछि पछिल्लो अमेरिकाको नीतिमा परिवर्तन हुनसक्ने आशंका गरिएको छ ।
बीबीसीले कोनको राजीनामालाई ट्रम्पको समूहबाट एकपछि अर्का व्यक्तिहरु बाहिरिने क्रमको सिलसिला भएकाे जनाएकाे छ । यसअघि ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिन पनि राजीनामा दिएर बाहिरिएका थिए ।