मुख्य समाचार समाज

कलङ्की अन्डर पास बन्द, आयोजना भन्छ, दुई सातापछि खुल्छ

कलङ्की अन्डर पास बन्द, आयोजना भन्छ, दुई सातापछि खुल्छ

काठमाडौं । कलङ्की–खसीबजार ‘अन्डर पास’ बुधबारदेखि बन्द भएको छ । तर आयोजना भन्छ अन्डरपासको काम अन्तिम चरणमा पुगेको छ । 

 

यही भदौ १ गतेदेखि चालू भएको अन्डर पास अब एक÷दुई सातापछि मात्र सञ्चालन हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय गरिरहेको चक्रपथ सुधार योजनाले जनाएको छ । आठ सय मिटर लामो ‘अन्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेको योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए । 

 

आठ लेन सडकमध्ये माथि मुख्य सडकमा चार र सहायक सडकमा पर्ने ‘अन्डर पास’ मा चार लेन छन् । मुख्य लेनमा पनि दुई तह नै कालोपत्रे गर्न बाँकी छ । 

 

कोटेश्वर–कलङ्की सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको हो । ‘अन्डरपास सडक’ नेपालका लागि पहिलो हो । उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलङ्कीलाई व्यवस्थापन गर्न यो सडकले सहयोग गर्ने विश्वास गरिन्छ । 

 


जम्मा १०.४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घलाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केत र पेन्टिङको काम बाँकी रहेको समूहले बताउँदै आएको छ । 


 

कलङ्की अन्डर पास

विशेष