मुख्य समाचार समाज

कञ्चनपुरमा कर्फ्यु आदेश जारी

कञ्चनपुरमा कर्फ्यु आदेश जारी

काठमाडाै‌ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कफर््यू आदेश जारी गरेको छ । 

 

जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले अहिले साँझ पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कफर््यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । 

 

भीमदत्त नगरपालिकाको वडा नं १८ र वडा नं ४ बजार क्षेत्रमा कफर््यु जारी गरिएको हो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको हो ।
 

 

यसअघि कञ्चनपुरमा गोली चलेको थियो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे प्रहरीले वास्ताविकता बाहिर ल्याउन नसकेको भन्दै कञ्चनपुरमा आन्दोलन भएको छ । आन्दोलनको स्थितीलाई नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली चलाएको छ । 

 

आन्दोलनकारीले ट्राफिक प्रहरी कार्यालय तोडफोड गर्न थालेका थिए । यसरी आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको हो । गोली चलाउँदा ३ जना प्रदर्शनकारी घाइते भएका छन् । स्थितीलाई नियन्त्रणमा ल्याउन कैलालीबाट थप सयजना भन्दा बढी प्रहरी कञ्चनपुर पुगेका छन् । 

 

गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २ खोल्टीकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हल्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले गत सोमबार हत्यामा संलग्न सार्वजनिक गरेको थियो । 

 

प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेपनि प्रदर्शनकारीले वास्तविक बलात्कारी अझैं पक्राउ गर्न नसकेको आरोप लगाउँदै आएक छन् । प्रहरीले भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो । 

कञ्चनपुरमा कर्फ्यु आदेश जारी

विशेष