मुख्य समाचार समाज राजनीति

तथाकथित शंकराचार्य हेमानन्द गिरी तनावमा 

तथाकथित शंकराचार्य हेमानन्द गिरी तनावमा 

काठमाडौं । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले विवादस्पद हेमानन्द गिरीलाई शंकाराचार्य घोषणा गर्ने कार्यक्रम गर्न स्थान उपलब्ध गराउन असमर्थता जनाएपछि गिरि यतिबेला तनावमा छन् । 


घट्टेकुलोको खसीचोकमा बिहीबार अपराह्न भेटिएकी उनी तनाव मुद्रामा देखिन्थिन् । शुक्रबार भक्तपुरस्थित डोलेश्वर महादेवमा हुने भनिएको उनको कार्यक्रम रद्द हुने भएपछि तनाव मुद्रामा उनले नेपाल आजसँग भनिन्, ‘दुईटा पण्डितहरू छन् । यिनीहरूले सबैतिर कुरा बिगारे । मलाई साह्रै तनाव प¥यो । भारतदेखि मान्छे आइसकेका छन् । अब उनीहरूलाई के भन्ने के गर्ने ? कार्यक्रम गराएरै छोड्छौं ।’ हतास र निरास मुद्रा देखिएकी उनी गन्तव्यको सही दिशा पनि पक्रने अवस्थामा थिएन ।

उनी आफ्ना सहयोगीलाई भन्दै थिइन् ‘अबेर भइसक्यो, कता जाने हो ?’ तर गिरीका समर्थकहरू भने शंकराचार्य घोषणा कार्यक्रम भएरै छोड्ने छ भन्दै उनलाई चिन्ता नगर्न ढाढस दिँदै थिए ।


डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमान सिंह बस्नेतले बुधबार भक्तपुरमा एक विज्ञप्ति जारी गरी विवादित कार्यक्रममा समितिको कुनै संलग्नता नरहेको तथा औपचारिक कार्यक्रम गर्न अनुमति नरहेको स्पष्ट पारेका थिए । 

विशेष