रसुवागढी जलविद्युतको सुरुङमा १७ कामदार थुनिए
काठमाडौं । हिमाली जिल्ला रसुवाको रसुवागढीस्थित निर्माणाधीन जलविद्युत आयोजनाको सुरुङमा १७ कामदार थुनिएका छन् । सुरुङको बाहिरी भागमा सुख्खा पहिरो जाँदा सुरुङभित्र कामदारहरु अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो गएको थियो । सुुरुङभित्र ११ नेपाली र छजना चिनियाँ कामदार छन् । उनीहरुको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खेटिएको छ ।
जिल्ला सदरमुकाम धुन्चेबाट २७ किलोमिटरमा रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माण भइरहेको छ । सुरुङभित्रका कामदार सुरक्षित छन् ।
१११ मेगावाट क्षमताको रसुवागढी सरकारी आयोजना हो ।