एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

२०७५ साल चैतमा सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।

जीपीए तीन दशमलब ६ शुन्य देखि ४ अर्थात ए प्लस ल्याउने विद्यार्थीको सङ्ख्या १७ हजार ५ सय ८० रहेको छ । जीपीए तीन दशमलब दुई शुन्य देखि तीन दशमलब छ शुन्य अर्थात ए ल्याउने विद्यार्थीको सङ्ख्या एकाउन्न हजार एक सय सय सइतिस रहेका छन् ।

जीपीए दुई दशमलब आठ शुन्य देखि तीन दशमलव दुई शुन्य अंक प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या त्रिसठ्ठी हजार सात सय एकचालिस छन् । जीपीए दुई दशमलव चार शुन्यदेखि दुई दशमलब आठ शुन्य अंक प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या छयहत्तर हजार पाँच सय चौसठ्ठी छ ।

जीपीए २ दशलब शुन्य शुन्य देखि दुई दशमलब चार शुन्य अंक पाउाने विद्यार्थीको सङ्ख्या अन्ठानब्बे हजार दुई सय सात रहेको छ । जीपीए एक दशमलब छ शुन्यदेखि दुई दशमलब शुन्य शुन्य अंक प्राप्त गर्ने विद्यार्थी सङ्ख्या पन्चानब्बे हजार तीन सय सात रहेको छ ।

त्यस्तै जीपीए एक दशमलब दुई शुन्यदेखि एक दशमलब छ शुन्य अंक प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या त्रिचालिस हजार आठ सय एकचालिस रहेको छ । जीरो दशमलब आठ शुन्य देखि एक दशमलब दुई शुन्य अंक प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या चार हजार चार सय उनन्नतिस रहेको छ ।

नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्।

यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।

संम्बधित खबर

विशेष