यस्ता छन मन्त्रिपरिषद्का २० निर्णय
काठमाडौँ । सरकारले असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले झुठा विवरण पेश गरी नागरिकता लिने ५ जना भारतीयको नागरिकता खारेज गरेको छ । सप्तरीबाट नागरिकता लिने जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिने अजय ठाकुर र धर्मेन्द्र ठाकुर, रौतहटबाट नागरिकता लिने यमुना सिंह र कृपाली सिंहको नागरिकता खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुुल बाँस्कोटाले जानकारी दिनुभयो ।
बैठकले ५ सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकले संघमा समायोजन भएका प्रथम श्रेणीका सचिवलाई प्रदेशमा समायोजन गर्ने पनि निर्णय गरेको छ । यस्ता छन् मन्त्रिपरिषद्का निर्णय :