राजनीति

कार्ल मार्क्स जन्मेकै घरमा पुगेर महरले भने, ‘कम्युनिष्ट विचार मानव जातीकै लागि कलंक’

कार्ल मार्क्स जन्मेकै घरमा पुगेर महरले भने, ‘कम्युनिष्ट विचार मानव जातीकै लागि कलंक’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कम्युनिष्ट आन्दोलनमा हालसम्म विश्वभरमा ५ करोडभन्दा बढी मानिस मारिएको र अझै मान्छे मार्ने अभियान जारी रहेकाले कम्युनिष्ट आन्दोलन मानवजातीकै कलंकका रुपमा स्थापित भएको बताएका छन् । 

 

युरोपस्थित कांग्रेसका जनसम्पर्क समितिहरुका विभिन्न देशहरुको कार्यक्रम व्यस्त रहेका महरले मार्क्स जन्मेको घरको अवलोकन पछि जर्मनीको ट्रेरियर शहरको एक कार्यक्रममा बोल्दै मार्क्स एक दार्शनिक भए पनि उनले सोचेको कम्युनिष्ट विचारले संसारको कुनै कुनामा पनि राजनैतिक अधिकारसहितको शान्तिपूर्ण रामराज्य स्थापित हुन नसकेको बताए ।

 
कम्युनिष्ट विचारधारा वरदान होइन कि अभिषापका रुपमा परिणत भएको छ । स्वयम् मार्क्स जन्मेको देश र शहरमा उनले प्रतिपादित गरेको कम्युनिष्ट विचारधारा आजको युगमा औचित्यहित भइसकेको महरले उल्लेख गरे । 

 

महरले भने, जर्मनीका जनतासमेत बर्लिनको पर्खाल जस्तै अब दूनियाँमा कुनै पनि जनताले कम्युनिष्ट पर्खालको चारदीवारी भित्र बस्नु नपरोस् भन्ने पक्षमा छन् ।’ उनले दूनियाँको कुनै पनि मुलुक प्रजातान्तिक पद्दतिबाट भाग्न नसक्ने जनाए । 
 

विशेष