आज असार १५ः राष्ट्रिय धान दिवस
काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । सरकारले असार १५ लाई केही वर्षदेखि धान दिवसका रुपमा मनाउँदै आएको छ । असारे भाका गाउँदै हिलोमा छुपुछुपु धानका बेर्ना रोप्ने चटारो यहि बेला पर्छ । यो बेला अधिकांश किसानहरु धान रोप्न व्यस्त हुने गर्छन् ।
वर्षायामलाई ‘मानो रोपेर मुरी फलाउने’ भनेर पनि नेपाली समाजमा बुझ्ने गरिन्छ । नेपालमा १४ लाख हेक्टर जमिनमा खेतीपाती हुने गरेको छ । सिंचाई सुविधा नपुगेका कारण धेरैजसो खेतीपाती आकासे पानीमै निर्भर हुँदै आएको छ ।
असारको १५ लाई दहीचिउरा खाने दिनका रुपमा समेत मनाइन्छ । असार १५ मा दहीचिउरा, केरा, आँप खाने प्रचलन छ । अझ धान रोप्ने, आली मिलाउने बाहसेहरुलाई समेत दहीचिउरा खुवाउने पनि गरिन्छ ।