भारतको अवरोधका कारण सार्क सम्मेलन स्थगित
असोज–१५ । आगामी नोभेम्बरका लागि तय भएको सार्क शिखर सम्मेलन अन्तत: स्थगित भएको छ । नोभेम्बर ९ र १० का लागि तय भएको १९ औँ सार्क शिखर सम्मेलनको आयोजक मुलुक पाकिस्तानले सम्मेलन स्थगित भएको घोषणा गरेको हो ।
पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतका अवरोधका कारण सार्क प्रक्रियामै अवरोध आएको उल्लेख गर्दै सार्क सम्मेलन स्थगित गर्नुपरेको जनाएको छ ।
नेपालले भने यसअघि आगामी १९ औँ सार्क शिखर सम्मेलन आयोजना गर्न सार्क सदस्य देशहरुलाई उनीहरुको सहभागिता सुनिश्चितता गर्न आग्रह गरेको थियो । भारतसहित बंगलादेश, अफगानिस्तान र भुटानले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन सक्ने जानकारी गराएको थियो ।
सार्क शिखर सम्मेलनको अर्को नयाँ मिति सार्कको अध्यक्ष मुलुक नेपालले तय गर्नेछ । यसैबिच सार्क क्षेत्रका विज्ञहरुले सार्कलाई संकटबाट बचाउन सार्कको वर्तमान अध्यक्ष नेपालले पहल गर्नुपर्ने बताएका छन् । प्रभावकारितासम्बन्धी सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र नेपालका सांसद तथा विदेश मामिला विज्ञहरु सहभागि थिए । अन्नपूर्णपोस्ट्बाट