विदेश

पाकिस्तानी नागरिकता छाडेका भारतका अंगीकृत नागरिक गायक अदानन सामीले भने –पाकिस्तानमा आक्रमण ठीक

पाकिस्तानी नागरिकता छाडेका भारतका अंगीकृत नागरिक गायक अदानन सामीले भने –पाकिस्तानमा आक्रमण ठीक

adnan-saamiअसोज–१५ । पाकिस्तानी मूलका गायक अदनान सामीले हालै भारतको नागरिता लिएका थिए । उनले भारतले पाकिस्तानविरुद्ध गरेको आक्रमणको प्रशंसा गरेपछि पाकिस्तानमा हंगामा मच्चिएको छ । उनी विरुद्ध सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ । पाकिस्तानमा ट्वीटरमा अदनान सामी ट्रेण्डिङ भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

सामीले ट्वीटरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उद्धृत गर्दै लेखेका छन्, ‘आतंकवादका विरुद्ध शानदार, सफल र सुझबुझपूर्ण स्ट्राइकका लागि प्रधानमन्त्री कार्यालय र हाम्रो सेनाका बीर जवानलाई धेरै धेरै बधाई ।’

धेरैजसो पाकिस्तानीले उनलाई आफ्नो नागरिकता नखोसियोस भन्ने उद्देश्यले यस्तो अभिव्यक्ति दिएको भन्दै आलोचना गरेका छन् ।

विशेष