News

उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार नेपाल प्रहरीको अनुसन्धान ब्युरोलाई

उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार नेपाल प्रहरीको अनुसन्धान ब्युरोलाई

wildlife-photography-822-2असोज–१५ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै पुरस्कार पाउने भएको हो ।

सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योगदान कदर गर्दै ‘क्लार्क आर वभिन वाइल्डलाइफ ल इन्फोर्सफेन्ट अवार्ड’ प्राप्त गर्ने छ ।

विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको हो । विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको हो । –राजधानी दैनिकबाट

विशेष