News

'राम्रो कामका लागि प्रतिस्पर्धा गरौं’ - प्रधानमन्त्री प्रचण्ड

'राम्रो कामका लागि प्रतिस्पर्धा गरौं’ - प्रधानमन्त्री प्रचण्ड
असोज १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । pushpakamal-dahal शनिबार बाँकेको नेपालगञ्जमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले भने, ‘सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना हो । ४७ प्रतिशतको काम भएको छ । समयभन्दा अगाडि सम्पन्न गर्नुहोला । समयभन्दा पहिला, गुणस्तरीय रुपमा, जनतासँग समन्वय गरेर छिटो काम गर्नुहोला । सरकारले छिटो र गुणस्तरीय काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नेछ । नराम्रोका लागि होइन, राम्रो कामका लागि प्रतिस्पर्धा गरौं ।’ राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्व राख्ने ठूला आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री नेपालगञ्ज पुगेका थिए । सो अवसरमा आयोजनाको तर्फबाट प्रगति बिवरणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो । १० वर्षदेखि निर्माणाधिन ४२००० सेक्टर जमिन सिंचाई गर्ने क्षमता राख्ने योजना निर्माणका आधा काम सम्पन्न भइसकेको छ । निरीक्षणमा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षामान पुन, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।

nepalgunj pm ppushpa kamal dahal prachanda

विशेष