पहिरोमा पुरिएर २ को मृत्यु

असोज १५ । अविरल वर्षाका कारण सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव शनिबार फेला परेको छ ।
सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धव तिमल्सिना र उनको श्रीमती सम्झनाको शव प्रहरीले फेला पारेको हो ।पहिरोमा परेर चन्द्रकान्तका जेठा छोरा रामकुमार तिमल्सिनाको पनि मृत्यु भएको थियो ।
शव परीक्षणका लागि बाह्रबिसे उप स्वास्थ्य केन्द्रमा लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।
राम्चे– ६ पुराना गाउँमा गएको पहिरोले तीन वटा टहरा पुरेको थियो भने चन्द्रकान्त र उनको जेठीबुहारी पहिरोबाट घाइते भएका छन्। उनीहरुको बाह्रबिसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
pahiroma mirtue
Sindhupalchok
