News

'म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने - नयाँ शक्तिका संयोजक भट्टराई

'म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने - नयाँ शक्तिका संयोजक भट्टराई
असोज १५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । Dr Baburam Bhattarai नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरीत रहेको बताए । संयोजक डा. भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निद्रा नलागेको चर्चा गर्दै भने, ’प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निद्रा लागेन। उहाँले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।’ सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कुचक्रमा पर्ने बताउँदै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘प्रचण्ड’ले भारतसँग राष्ट्रिय हितविपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसको विरुद्धमा बोल्न नसकेको उल्लेख गर्दै उनले भने, ’त्यसका विरुद्ध म बोलिरहँदा मलाई नै भारत परस्त भएको आरोप लगाइरहेका छन् ।’ भारतसँग भएको २५ बुँदे सहमति गम्भीर भएर अध्ययन गर्न उनले नागरिकलाई आग्रह पनि गरेका छन् । सम्झौता भएका ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रिय हितविपरित भएको जिकिर गर्दै उनले नेपाललाई भुटानीकरण गर्न प्रधानमन्त्रीले सहमति जनाएको आरोप लगाए। ’पहिला भुटानको परराष्ट्र नीति पनि भारतले आफ्नो मातहतमा ल्याएर भुटानलाई प्रयोग गर्याे,’ भट्टराईले भने, ’अहिले भारतले त्यही नीतिअनुरुप नेपालसँग सम्झौता गरायो । प्रधानमन्त्रीले गरेको सम्झौताले अब परराष्ट्र नीतिमा नेपाल स्वतन्त्र हुन सक्दैन ।’ भारत र पाकिस्तानमा देखिएको द्वन्द्वको परिस्थितिमा अब नेपालले आफ्नो स्वतन्त्र विचार कसरी राख्छ भन्ने प्रश्न गर्दै उनले मुलुकमा जनतालाई क्रान्तिकारी हुँ बनेर भ्रम फैलाउँदै नेपाललाई भुटान बनाउने षड्यन्त्रमा प्रधानमन्त्री लागेको बताए । अहिलेको ’म्यादी सरकार’ले देशलाई गम्भीर सङ्कटमा लैजाने उनको भनाइ थियो ।

baburam bhattarai Myadi sakrle deshlai gambhir sankat ma laijanxa

विशेष