विदेश

'राष्ट्र संघले भारत – पाकिस्तान सीमा रेखामा गोली हानाहान भएको देखेको छैन' - राष्ट्र संघ

'राष्ट्र संघले भारत – पाकिस्तान सीमा रेखामा गोली हानाहान भएको देखेको छैन' - राष्ट्र संघ
असोज–१५ । भारत –पाकिस्तान सीमामा भारतीय सेनाले दाबी गरेकोजस्तो ‘सर्जिकल स्ट्राइक’ नभएको संयुक्त राष्ट्र संघले बताएको छ । राष्ट्र संघका महासचिव बान की मुनका प्रवक्ता स्टिफन डुजारिकले भारत–पाकिस्तान सीमामा सिधासिधि कुनै किसिमको गोली हानहान भएको राष्ट्र संघको सैन्य प्रेक्षक दलले नदेखेको बताएका हुन् । uno   डुकारिकले भनेका छन्, ‘राष्ट्र संघको सैन्य प्रेक्षक दलले भारत– पाकिस्तान सीमा रेखामा सिधै गोली हानाहान भएको देखेको छैन । युद्ध विरामको यो कथित उल्लंघनका बारेमा सैन्य प्रेक्षक दलले सम्बन्धित अधिकारीहरूसंग कुराकानी गरिरहेको छ ।’ भारत–पाकिस्तानबीच भएको युद्ध विरामपछि सन् १९७१ देखि राष्ट्र संघले सीमा क्षेत्रमा सैन्य प्रेक्षक दल तैनाथ गरेको छ । सो दलले युद्ध विरामको अनुगमन गरिरहेका छन् । भारतले सीमामा ‘सर्जिकल स्ट्राइक’ गरेको दावी गरेको छ भने पाकिस्तानले यसलाई अस्वीकार गरेको छ । –एजेन्सी

Baan ki moon India Pakistan UN

विशेष