भारतलाई दवाव दिन चीनले ब्रम्हपुत्र नदीको पानी रोक्यो
असोज १५ । चीनले भारतमाथि दवाव दिन ब्रह्मपुत्रको सहयाक नदीको पानी रोकेको छ । तिब्बतमा यारलुङ्ग जाङ्गबुका नामले चिनिने ब्रह्मपुत्र नदीको पानी चीनले रोकिदिएको हो ।
अर्बौं डलरको लगानीमा जलविद्युत् योजना बनाइरहेको चीनले यो नदीको पानी थुनेको हो । सिन्हुआ न्यूज एजेन्सीलाई यो परियोजनाका प्रशासनिक ब्यूरो प्रमुख झाङ्ग युनबाओलाई उधृत गर्दै यो कुराको पुष्टि गरेको हो ।
समाचार एजेन्सीका अनुसार तिब्बतमा ब्रह्मपुत्र नदीलाई यारलुङ्ग जाङ्गबु भनिन्छ । चीनले यसको सहायक नदी शियाबुकुको पानी रोकिदिएको समाचार भारतीय पत्रिका हिन्दुको अनलाइन संस्करणले जनाएको छ ।
यहाँ चीनले लालहो नामको एउटा ठूलो परियोजना चलाइरहेको छ। जुन परियोजनामा चीनले अहिलेसम्म ७४० मिलियन डलर (४.९५ बिलियन युआन) लगानी गरिसकेको छ।
यस परियोजना अन्तर्गत चीनले यहाँ विशाल बाँध निर्माण गर्ने कोशिस गरिरहेको छ । चीनको यस कदमदले भारतसमेत कयौं देशमा ब्रह्मपुत्र नदीको पानी प्रभावित हुनसक्नेछ ।
भारतको कश्मिरस्थित उरीमा आतंकवादी हमला भएपछि पाकिस्तान माथि भारतले दवाव बढाइरहेको छ । यसै सिलसिलामा प्रधानमन्त्री नरेन्द्र मोदीले हालै पाकिस्तान भएर बग्ने सिन्धु जल सम्झौताको पुनर्मुल्याङ्कन गर्ने निर्णय गरेका थिए ।
जसपछि पाकिस्तानले चीनलाई भनेर ब्रह्मपुत्र नदीको पानी रोकिदिने चेतावनी दिएको थियो । अब चीनको यस कदमलाई पाकिस्तानमा बढाइरहेको दवावको जवाफकारुपमा लिइएको छ ।
BRamha putra nadi
China
India
Pakistan