News

यस्तो छ प्रेस सेन्टरको नयाँ टिम

यस्तो छ प्रेस सेन्टरको नयाँ टिम
असोज – १५ । नेकपा (माओवादी) केन्द्रको भातृ संघ प्रेस सेन्टर नेपालमा महेश्वर दाहालको नेतृत्वमा ९९ सय सदस्यीय कार्यसमिति घोषणा गरिएको छ । पदाधिकारीमा विवाद बढेपछि महाधिवेशनको अन्तिम दिन कार्यसमितिको घोषणा गरिएको हाे । pres-centre-nepl पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको दाहाल नेतृत्वको बैठकले गोविन्द आचार्यलाई बरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार हुन् । यसैगरी उपाध्यक्षमा ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, कमल गिरी र देवराज पाठक चयन भएका छन् भने बिष्णु सापकोटा ‘जुगल’लाई महासचिवको जिम्मेवारी सुम्पिएको छ । यसैगरी ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, कमल गिरी र देवराज पाठकले उपाध्यक्षको जिम्मेवारी पाएका छन् । महासचिवको जिम्मेवारी बिष्णु सापकोटा ‘जुगल’लाई दिइएको छ । सचिवमा १६ जना चयन भएका छन् । आस्था केसी, लक्ष्मण खड्का, एसपी थापा, सुरेश यादव, ओपेन्द्र शर्मा, लक्ष्मी पुन, उपेश महर्जन बैठकले सचिवको जिम्मेवारी पाएका छन् । त्यस्तै मनोज घर्तिमगर, गोमा घिमिरे रुबी श्रेष्ठ, विवेक गौतम, पहल साउद, मडि बिक, मनुरुवा श्रेष्ठ राजेश चाम्लिङ र प्रभा बोगटी पनि सचिव पदमा रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी सुरेशचन्द्र अधिकारीलाई दिइएको छ । प्रेस सन्टरको सचिवालयमा आठ वटै प्रदशेका अध्यक्षसमेत छन् । संगठनमा भुगोेलका आधारमा ७ र प्रतिष्ठानलाई एक मानेर ८ प्रदेशको संरचना बनाइएको छ ।

pm pushpa kamal dahal prachanda Press Center Nepal

विशेष