News

चरिकोट अस्पतालको इमरजेन्सी सेवा खुल्यो, ओपिडी सञ्चालन भएन

चरिकोट अस्पतालको इमरजेन्सी सेवा खुल्यो, ओपिडी सञ्चालन भएन
असोज १५ । अढाई वर्षीय बालकको मृत्युपछि बन्द भएको चरिकोट अस्पतालको इमरजेन्सी सेवा शनिबारदेखि सञ्चालमा आएको छ । opd असोज ११ गतेदेखि सम्पूर्ण सेवा बन्द रहेको चरिकोट अस्पताल मृतक बालकको अभिभावक, राजनीतिक दल र प्रशासनको पहलमा इमरजेन्सी सेवा सुरु भएको हो । बलियो सुरक्षा व्यवस्था नभएसम्म अस्पतालको ओपिडी सेवा भने सुरु नगर्ने अडान चिकित्सकहरुले कायमै राखेका छन् । असोज ७ गते महादेव रिजालको मृत्यू भएको विषयमा चिकित्सकले क्षमायाचना गरेको भिडियो फेसबुकमा भाइरल भएपछि असोज ११ गतेदेखि सम्पूर्ण सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरुले अस्पतालमा हड्ताल गरेका थिए । प्रशासन र प्रहरीकै रोहबरमा स्वस्थ्यकर्मीहरुलाई जवरजस्ती माफी माग्न लगाएर निर्लज्ज बनाएको आरोप लगाउँदै देशभरका चिकित्सकहरुको संघसंस्थाहरुले दवाव दिएपछि अस्पताल बन्द भएको थियो । दैनिक तीनसय मानिस उपचार सेवा लिन आउने अस्पताल नेपाल सरकार र निजी क्षेत्र न्याय हेल्थ गैरसरकारी संस्थाद्धारा सम्पूर्ण सेवा निस्शुल्क गरेर सञ्चालन गरिरहेको छ । सार्वजनिक र निजी क्षेत्रको पहलमा जनतालाई निस्शुल्क स्वास्थ्य सेवा दिने मोडेलको नमूना परियोजनाको रुपमा २०७२ माघ महिनादेखि सञ्चालित अस्पताल पटकपटक आक्रमणको सिकार बनाइदै आएको छ । पछिल्लो घटनामा स्थानीय प्रहरी र प्रशासनलाई पनि अस्पतालप्रति नकरात्मक रहेको आरोप लागेको छ । उक्त आरोपलाई स्थानीय प्रशासन र प्रहरीले भने खण्डन गरेको छ । स्वास्थ्यकर्मीहरुलाई माफी मागेको प्रकरणमा कुनै संलग्नता नरहेको र अस्पताल सुरक्षार्थ कमजोरी नगरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । घटनापछि माफी मगाइएको विषयमा अस्पतालको लापरबाहीले ज्यान गएको दावी गर्ने पीडित परिवारले स्वास्थ्यकर्मीहरुले स्वयच्छिक माफी मागेको बताइरहेका छन् ।

Charikot hospital OPD

विशेष