नेपाल निर्माण व्यवसाय संघको साधारण सभा सम्पन्न
असोज – १५ । निर्माण व्यवसायीहरुको काठमाडौं क्षेत्र नं. ७को तेस्रो साधारण सभा तथा दसैँ तिहार, छठ, नेपाल सम्बतको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काठमाडौं तिनकुने मन्डला बैक्वेटमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी संघका वर्तमान अध्यक्ष अचुतम कटुवालले व्यवसायीहरुबीच रहेको अस्वस्थ प्रतिस्पर्धाले विभिन्न समस्या आएको बताए । उनले जिल्लाको सम्पूर्ण अदुरदर्शिताको सिकार व्यवसायीहरुमा पर्न गएको बताए । ‘देशमा विभिन्न आन्दोलनको प्रभाव व्यवसायमा पर्न गएको छ ।’ उनले चेनावनी दिदै भने ‘व्यवसायीले चाहे भने सडकमा गुडेको ट्रकसमेत रोक्छन् ।’
कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी संघ र नेपाल चेम्बर्स अफ कमर्सले तिहारपछि सहकार्य गरेर एक कार्यक्रम गर्ने बताए । उनले व्यवसाय सघंमा कार्यरत रहेका विभिन्न पदका व्यक्तिलाई सम्मान पत्र वितरण गरेका थिए ।
कार्यक्रमका अर्का प्रमुख अतिथि युवकराज राजभण्डारीले व्यापारीहरुले नाफामा व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । व्यवसायीहरु एकजुट भएर एक अर्काको नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए । नेपाल सरकारले कडा नीति नियम निर्माण गरेकाले विभिन्न समस्या उत्पन्न भएको र समस्याप्रति छलफल गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
Achutam Katwal
Nepal nirman byabsaye sang
sadharan sabha sampanna