News

कुशे दाहसंस्कार गरिएका घिमिरे दाजुभाइ फर्किए के होला ? यस्तो छ धार्मिक विधि

कुशे दाहसंस्कार गरिएका घिमिरे दाजुभाइ फर्किए के होला ? यस्तो छ धार्मिक विधि
असोज – १५ । मृत घोषित गरी दाहसंस्कारसमेत गरिएका गुल्मी वस्तुका कृष्णप्रसाद पाण्डे घर फर्किएका थिए । माओवादी युद्धका बेला जुम्ला आक्रमणमा उनी ‘मारिएका’ थिए । माओवादीले उनलाई सहिद घोषणा गरी श्रद्धाञ्जलीसमेत व्यक्त गरिसकेको थियो । परिवारले कुशको शव बनाइ काजक्रिया गरेको थियो । गाविसमा मृत्यु दर्ता भइसकेको थियो । madhab1 अचम्म, उनी फर्केर आए । यस्तो घटना बेलाबेलामा भइरहन्छ । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ त्रिशुलीमा बेपत्ता भए । गाडीसहित त्रिशुलीमा खसेका उनीहरु जीवितै भेटिने आशा मरेपछि परिवारले कुशको शव बनाइ शुक्रबार आर्यघाटमा दाहसंस्कार गरेको छ । चमत्कार भएमा घिमिरे दाजुभाइ फर्कन पनि सक्छन् । मृत ठानि दाहसंस्कार विधि पूरा गरिसकिएको व्यक्ति फर्किहाले के होला ? पंचाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष माधवप्रसाद भट्टराईका अनुसार त्यसरी फर्कने व्यक्तिको पुर्नजन्म गराउने विधि छ । भट्टराई भन्छन्ः जापानमा सुनामी आउँदा एक नेपालीलाई पानीले बगायो । धेरै खोजी हुँदा पनि नभेटिएपछि उनलाई मृत घोषित गरियोको तर उनी पछि जीवितै फर्किएको घटना मेरो ख्यालमा छ । । यस्ता घटना १०–१२ वर्षमा यदाकदा हुने गरेका छन् । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको सायद त्यस्तो नहोला । किनकि सरकारले खोजनीति गरेर नभेटपछि मात्र परिवारले यस्तो निर्णय गरेको हो । यदि मृत घोषित गरेर कुशको शव बनाएर अन्त्यष्टी गरेको व्यक्ति जिउँदै फर्केर आए भने उसको पुनः जन्म गराउनु पर्छ भन्ने शास्त्रमा उल्लेख छ । शास्त्रमा भनिएअनुसार फर्केर आएका व्यक्तिलाई ११ दिनसम्म घैँटोमा अथवा खाल्डोमा जहाँ घाम देखिदैन, त्यस्तो ठाउँमा राख्नु पर्दछ । बालकको जस्तै उसको न्वारन पनि गर्नु पर्ने हुन्छ । हिन्दू संस्कारअनुसार वर्तबन्धन, विवाह गराउने सबै कर्मकाण्ड पूरा गर्नु पर्दछ । यदि पहिले नै विवाह भएको छ भने श्रीमतीले हेर्नु हुँदैन भन्ने पनि शास्त्रमा उल्लेख गरिएको छ । उनीहरुको पुनः विवाह गराएपछि मात्र सम्पूर्ण पक्रिया पूरा हुन्छ । यसरी सबै प्रक्रिया पूरा गरेपछि मात्र सो व्यक्ति परिवारमा पहिलेको हैसियतमा स्विकार्य हुन्छ । त्यसपछि उसको मृत्यु हुँदा पुनः हिन्दू धर्मअनुसार अन्त्यष्टी गरिन्छ । परिवारले फर्केर आएको व्यक्तिलाई नस्वीकार्न पनि सक्दछ । परिवारबाट उ धार्मिक विधिअनुसार अलग भइसकेको मानिन्छ । यसका बारेमा अनेक व्याख्या छन् । मेरो बुझाइमा यो नै विधि हो । प्रस्तुतिः नेत्र पौडेल

Madhab Prasad Ghimire mirtue

विशेष