News

युवाहरुकाे अन्तराष्ट्रिय सम्मेलन शुरु

युवाहरुकाे अन्तराष्ट्रिय सम्मेलन शुरु
असाेज १५ । नेपाली युवाहरुको अन्तराष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु भएको छ । ‘युवाहरुमा सामाजिक उद्यमशिलताको विकास, सामाजिक उद्यमशीलता नै देश निर्माणको आधार’ भन्ने नाराका साथ शुरु भएको सम्मेलनको उद्घाटन अर्थमन्त्री कृष्णबहादुर महराले गरेका हुन् । youwa-parisad युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् आयोजना र गैरआवासीय नेपाली सङ्घ एनआरएनएको आयोजनामा भएको सम्मेलनमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था र युवासँग सरोकार राख्ने तीन सय युवाको सहभागिता रहेको छ । १८ गतेसम्म चल्ने सम्मेलनअन्तर्गत तेस्रो र चौथो दिन काठमाडौंस्थित दशरथ रंगशालामा युवा महोत्सव हुने जानकरी दिइएको छ ।

yowa samelan

विशेष