विदेश

सलमानविरुद्ध देशद्रोहको मुद्दा

सलमानविरुद्ध देशद्रोहको मुद्दा
असाेज - १५ । कश्मिरको उडीमा भएको आतंकवादी हमलामा १७ भारतीय आर्मीको निधनसँगै भारत- पाकिस्तानबीचको सम्बन्ध सामान्य अवस्थामा रहेको छैन । त्यस्तै बलिउडका सुलतान सलमान पनि बिवादमा फसि रहेका छन् । पाकिस्तानी कलाकारको समर्थन गरेको भन्दै सलमान बिरुद्ध साकीना प्रहरी चौकीमा उजुरी दर्ता भएको छ । salman-khan759 उक्त उजुरीमा सलमानले दिएको विवादस्पद बयानमाथि देश द्रोहको मुद्दा दर्ता गर्न माग गरिएको छ । शिवसेना र मनसेलरे पहिले देखि नै सलमानको विरोध गर्दै आएका छन् । उजुरीको विषयमा मुम्बई प्रहरीले कानुनी आधार लिने र त्यस माथि कार्वाही प्रकृया सुरु गरिने जनाएको छ । फिल्म निर्माताहरुको संगठन इम्पादेले पाक कलाकाहरु बलिउडमा काम गर्न रोक लगाएको छ ।त्यसको बिरोध गर्दै सलमानले पाक कलाकारहरुलाई समर्थन गरेका छन् । राज ठाकरेको एमएनएस संगठनले पाकिस्तानी कलकारलाई भारत छोडन उर्दी जारी गरेको छ । एमएनएसको सो धम्की पछि करण जौहरले आफ्नो चलचित्र रोकेका छन् । सो चलचित्रकी अभिनेत्री माहिरा पाकिस्तान गएकी छन् । बलिउडका केहि स्टारले सो धम्की सही भनेता पनि सलमानले आतंकवादी र कलाकारबीच फरक हुने बताएका छन् । सलमानको सो अभिव्याक्तिसँगै एमएनएस रुष्ट बनेको छ । एमएनएसले कोहि पनि पाकिस्तानी कलाकारसँग भारतमा काम गर्छ भने उसले त्यसको पनि विरोध गर्ने बताएको छ। सलमानलाई एमएनएसले पाक कलाकारको समर्थन नगर्न चेतावनी दिदै उनको बिरुद्ध सडकमा उत्रिने सक्ने बताएको छ । एजेन्सी

salman khan

विशेष