ज्ञानेन्द्र राजाकै हैसियतमा पचली भैरव जाने, यस्तो छ भोलिको कार्यक्रम
प्रेस सल्लाहकार पडिराज पाठकसँग गरिएको कुराकानी पूवराजा ज्ञानेन्द शाह आइतबार राजाकै हैसियतमा पचली भैरवको खड्गो चढाउन हनुमानढोका जाँदै छन् । प्रत्येक १२–१२ वर्षमा पचली भैरवको खड्गो चढाउने परम्परा रहे पनि यो पटक १५ वर्षपछि मात्रै खड्गो चढाउन लागिएको हो । भोली (आइतबार) विहान ११ बजे पूवराजा शाह मन्दिर प्रस्थान गर्ने कार्यक्रम रहेको पूर्वराजाका प्रेस सल्लाहकार फडिन्द्र पाठकले नेपाल आजलाई बताए । शाहले सर्वप्रथम गणेसस्थानको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी भिमसेनस्थान मन्दिरको पूजा गरिसकेपछि मात्रै पचाली भैरवको खड्गो चढाउन पुग्ने छन् । प्रत्येक १२ वर्षमा फेरिदै आउको खड्गो यो पटक भने तीन वर्ष ढिलो गरी १५ वर्षमा चढाउन लागिएको हो । देशमा राजा नहुँदा कसले खड्गो कसले फेर्न भन्नेमा दुविधा रहेपछि यतीका समयसम्म नफेरिएको प्रेस सल्लाहकार पाठकले बताए । ‘राष्ट्रपतिले फेर्ने कुरा भएन ।’ उनले भने ‘गठिएरहरुले सरकारलाई अनुरोध गरेपछि उहाँ जान लाग्नु भएको हो । पचली भैरवलाई काठमाडौंको रक्षा गर्ने भगवानको रुपमा पूजा आजा गरिदै आइएको छ । त्यहाँ राखिएको घ्याम्पो जिर्ण भएपछि असुभ हुने मान्यता पाइन्छ । यो पटक पूवराजाले एकसय वर्षसम्म केही नहुने खड्गो चढाउने लागेका छन् । यो घ्याम्पोलाई खटमा बोकेर पचली भैरवसम्म पुर्योउन कार्यक्रम रहेको छ । घ्याम्पो चढाउँदा घ्याम्पोमा जाँडरक्सी, अण्डा, बारा, माछा, स्याबजी आदि राखेर भरिने गरन्छ । ‘जात्राका क्रममा पचली भैरवमा राजा पुगेर पचली भैरवको खड्गोसँग आफ्नो खड्गो साट्ने भएकाले यसलाई खड्ग सिद्धि जात्रा पनि भनिन्छ’ प्रेस सल्लाहकार पाठकले भने । तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहदेवले २०४८ सालमा खड्गो चढाउका थिए । त्यस्तै ३०५८ सालमा ज्ञानेन्द्र शाहले चढाएका थिए । त्यस यता खड्गो चढ्न सकेको छैन । पुनः जीर्ण भएपछि ज्ञानेन्द्रले भोली खड्गो चढाउने निर्णय गरेका हुन् । विगतदेखि हालसम्म घ्याम्पो राजाले नै निमार्ण गरिदिने चलन छ । पूर्वजको पूजासँग जोडेर हेरिन्छ पचली भैरवलाई । प्रत्येक १२–१२ वर्षमा पचली राजाले खड्ग चढाउने चलन चलिआएको छ र यो क्रम अझै जारी छ । तत्कालिन राजा शिव सिंहले १६३५ सालतिर पचली भैरवको धातुबाट बनाइएको घ्यामम्पो बनाएर जात्रा गर्न चलन सुरु भएको इतिहासमा भेटिन्छ । तामामा सुनको जलप लगाउने चलन अझै पनि छ । त्यसभन्दा अगाडि भने माटोको घ्याम्पो बनाएर जात्रा निकालिन्थ्यो । त्यस्तै पूवराजाले अष्ठमीका दिन काठमाडौं उपत्यका राहेका विभिन्न धर्मपठीको पूजाआजा गर्ने कार्यक्रम रहेको छ । अष्ठमीका दिन पूवराजा नक्साल भगवती, गुह्वश्वरी मन्दिर, कालिकास्थान, मैतीदेवी मनिदर, भद्रकाली मन्दिर, महंकाल, नरदेवी, रक्तकाली, सोभभगवतीलगायतका मन्दिरको पूजा आजा गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार पाठकले बताए । त्यस्तै वडादशैंका दिन उनले सर्वसाधारणलाई टीका जमरा लगाइदिने छन् । त्यस्तै, कार्तिक चार विराट हिन्दु सम्मेलनको उद्घान गर्ने कार्यक्रम रहेको छ ।
ex king gyanendra shah gyanendra's program