ताजा खबर विदेश News

मेक्सिकोमा ज्वालामुखी विष्फोट

मेक्सिकोमा ज्वालामुखी विष्फोट

mexico

असोज १६ । मेक्सिकोको कोलिमा ज्वालामुखीमा बिस्फोट हुँदा सयौं मानिस विस्थापित भएका छन् । ज्वालामुखी बिस्फोट हुन थालेपछि त्यस वरपरका सयौं मानिस सुरक्षित स्थानमा गएका हुन् । राजधानी मेक्सिको सिटीबाट ६ सय ९० किलोमिटर उत्तरपश्चिममा रहेको कोलिमा ज्वालामुखीबाट लाभा र कालो धुवाँ निस्किएको छ ।

ज्वालामुखीबाट निस्कएको लाभा त्यहाँबाट तल बगेको देखिएको छ । ज्वालामुखी पर्वतको नजिकको रहेका दुई गाउँमा तीन सय ५० भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी अधिकारीले बताएका छन् । मेक्सिकोमा कोलिमा ज्वालामुखीलाई भोल्क्यानो अफ फायरको रुपमा चिनिन्छ

Mexico

विशेष