ताजा खबर विदेश News

चीनले रोक्यो नदी, भारत तनावमा

चीनले रोक्यो नदी, भारत तनावमा

china

असोज १६ । भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ ।

भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक नदी रोकेपछि यसबाट तल्ला क्षेत्रमा जलप्रवाह कम हुने आशंका गरिएको छ । यसअघि नै भारतले पाकिस्तानसँग सन्धि सम्झौता तोड्ने धम्की दिएपछि चीनले ब्रम्हपुत्र नदी रोकिदिने चेतावनी दिएको थियो ।

भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक’ भन्दै पाकिस्तानी क्षेत्रमा गोलाबारी गरी दुई सैनिकको हत्या गरेपछि चीनले ब्रम्हपुत्रको सहायक नदी रोकेको हो। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले परियोजनाका प्रशासनिक ब्युरो प्रमुख झांग युन्बोलाई उदृत गर्दै तिब्बको शिगाजेमा यारलुंग झांग्बो (ब्रम्हपुत्रको तिब्बती नाम) को सहायक नदी शियाबुकूमा निर्माणधीन लाल्हो परियोजना निर्माण गरिरहेको छ ।

चीन सरकारले ४.९५ अरब युआन (७४ करोड डलर) बराबरको लागतमा सो परियोजना निर्माण गरिरहेको छ। चीनको यो महंगो परियोजनाको निर्माण कार्य सन् २०१४ बाट सुरु भएको हो । यो परियोजना निर्धाति समयमा पूरा भएमा सन् २०१९ भित्र सम्पन्न हुनुपर्ने छ ।

China India

विशेष