खेल ताजा खबर News

ला लिगामा आलभेसलाई हराउँदै सेभिल्ला अंक तालिको दोस्रो स्थानमा

ला लिगामा आलभेसलाई हराउँदै सेभिल्ला अंक तालिको दोस्रो स्थानमा

la-lega

असोज १६ । स्पेनिस ला लिगामा अन्तर्गत शनिबार राति भएको खेलमा अलाभेसलाई २–१ ले हराएको सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । सेभिल्लाको जितमा बेन यडर नायक बने । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ७४ औं मिनेटमा यडरले सेभिल्लालाई अग्रता दिलाए ।

त्यसको १० मिनेटपछि अलाभेसका लागि भिक्टर लगार्डियाले बराबरी गोल फर्काए । तर अन्तिम समयमा यडरले व्यक्तिगत दोस्रो गोल गर्दै सेभिल्लालाई २–१ को जित दिलाए ।

गए राति भएका अन्य खेलमा लेगानेसले ग्रनाडालाई १–० तथा डिप्रोटिभो डी ला कोरुनाले स्पोर्टिङ गिजोनलाई २–१ ले हरायो । यस्तै ओसासुना र लास पालमसले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

La lega

विशेष