हेटौँडामा बस दुर्घटना, २५ जना घाइते

असोज १६ । मकवानपुर जिल्लाको हेटौँडाबाट हाडीखोला तर्फ जाँदै गरेको यात्रुबस दुर्घटनामा परेको छ । हेटौडा बजारबाट करिब ७ किलोमिटरको दूरीमा रहेको पदमपोखरीको चकरीमकरीमा बस दुर्घटनामा परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा २०–२५ यात्रु घाइते भएको स्थानीयले खवर गरेको प्रहरीले जनाएको छ । घाइते सबैलाई हेटौडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Bus accident