दसैंको मुखमा फेरि दुर्घटना, तीनको मृत्यु, २५ घाइते

असोज १६ । मकवानपुरको हेटौँडाबाट हाडीखोलातर्फ जाँदै गरेको यात्रुबस आइतबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हाँडीखोला–२ का ४ वर्षीय प्रनिश लामिछाने, २० वर्षका सूर्यबहादुर लामा र एक महिला रहेकी छन् । महिलाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।
हेटौडा बजारबाट करिब ७ किलोमिटरको दूरीमा रहेको पदमपोखरीको चकरीमकरीमा बस दुर्घटनामा परेको छ । दुर्घटनामा घाइते भएका २५ मध्ये केही यात्रु गम्भीर पनि छन् । उनीहरुबारे खबर लिने काम भइरहेको प्रहरीको भनाइ छ ।
घटनामा घाइतेहरुको उपचार स्थानीय अस्पतालहरुमा भइरहेको छ ।
durghatanama hetauda makawanpur