ताजा खबर News

पौडेल र उपाध्यय राजदुतमा अनुमोदन

पौडेल र उपाध्यय राजदुतमा अनुमोदन

lilamani-dip-kumar-555x335

असोज १६ । संसदीय सुनुवाई विशेष समितिले नेपालका लागि चीनका राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत भएको हो । समितिका सभापति केबी गुरुङले पौडेलको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा सबै सदस्यले सहमति जनाएपछि उनी सर्वसम्मत भएका हुन् ।

भारतका लागि सिफारिस भएका दीपकुमार उपाध्याय भने सर्वसम्मत हुन सकेनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले उपाध्याय मुलुकको दूत भन्दा पनि अर्कै देशको हितमा काम गर्ने व्यक्ति भएको भन्दै उनको नाममा सर्वसम्मति गर्न नसकिने अडान लिएका छन् ।

एमालेका सांसदहरुको असहमतिका बीच बहुमतबाट उपाध्यायको नाम अनुमोदन भएको छ । राजदूतको नाम अनुमोदन गर्दा यसरी समिति नै बिभाजित भएको यो सम्भवतः पहिलो पटक हो ।

Dip Kumar Upadhya Lilamani Poudel

विशेष