ताजा खबर News स्वास्थ्य

नेपाल भ्रमणमा रहेकी बेलायति अधिराकुमारीद्वारा तिलगंगा आँखा अस्पतालको अवलोकन

नेपाल भ्रमणमा रहेकी बेलायति अधिराकुमारीद्वारा तिलगंगा आँखा अस्पतालको अवलोकन

princess1

असोज १६ । नेपाल भ्रमणमा रहेकी बेलायतकी अधिराजकुमारी बिट्रिकाले तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गरेकी छन् । बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आज बिहान आँखा अस्पतालमा पुगेर आँखा बैंक, लेन्स बनाइने कारखाना, तालिम कक्ष लगायतको चासोपूर्वक अवलोकन गरिन् ।

उक्त अवसरमा उनले आजको २१औँ शताब्दीमा सर्वसाधारणले उपचार नपाएर दृष्टिविहीन हुनुपरेको एवम् अर्थ अभावमा अस्पतालसम्म पुग्न नसकेको समस्याप्रति गम्भीर चासो लिएकी थिइन् । अस्पतालले आर्थिक रुपमा सक्षम हुनेलाई शुल्क लिएर र नहुनेलाई निःशुल्क रुपमा सेवा प्रदान गरेको जानकारी पाएर अधिराजकुमारी निकै उत्साही भएकी थिइन् ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले अधिराजकुमारीको भ्रमणले आफूहरु उत्साही भएको बताउँदै अस्पताललाई सहयोग आउने आशा व्यक्त गरिन् ।

Belayati Adhirajkumari

विशेष