अख्तियार प्रमुख आयुक्त कार्की र क्यानडाका महालेखापरीक्षक फरगुसनबीच भेटवार्ता (फाेटाेसहित)

असोज–१६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र क्यानडाका महालेखापरीक्षक माइकल फरगुसनबीच भेटवार्ता भएको छ ।
प्रमुख अायुक्त कार्की र महालेखापरीक्षक माइकलबीच क्यानाडाको ओटावामा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा माइकल फरगुसनले महालेखापरीक्षकको कार्यालयले अपनाएको कार्यविधी, वातावरण र वित्तीय पारदर्शिताका लागि चालेका कदमहरुको सम्बन्धमा जानकारी गराएका थिए ।
उक्त भेटमा प्रमुख आयुक्तले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक दायित्व र भूमिकाको सम्बन्धमा जानकारी गराए । उनले भ्रष्टाचारबाट सर्वाधिक पीडित हुने सर्वसाधारण जनता नै सूचनाको मुख्य श्रोत हुने भएकोले हालका दिनहरुमा आयोगले जनतासँग हातेमालो गर्दै कार्य गरिरहेको र यसै कारण आयोगप्रतिको जनअपेक्षा समेत सोहि अनुपातमा बढेर गएको जानकारी गराएका छन् ।
माइकल फरगुसनले जुनसुकै मुलुक र परिवेशमा भ्रष्टाचार बिरुद्दको संघर्ष आफैंमा जटिल र चुनौतिपूर्ण हुने बताउँदै विकासोन्मुख मुलुकमा हुने थप चुनौतीको समेत सामना गरि आयोगले भ्रष्टाचारमुक्त समाज निर्माणमा खेलेको भुमिकाको प्रशंसा गरे।
नेपाल र क्यानाडा दुवै मुलुक भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्र भइसकेको परिप्रेक्ष्यमा अन्तरदेशीय भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा दुई निकायबीच सहकार्य र सहयोग आदान–प्रदान हुनुपर्ने आवश्यकताको महशुस दुवै पक्षबाट भएको थियो ।
Akhtiyar durupayog anusandhan aayog
canada
lokman singh karki
michel furgusion



