News

दुर्घटनामा एक दम्पतीको मृत्यु

दुर्घटनामा एक दम्पतीको मृत्यु
असाेज १६ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेसा– ४ घोपालीटोलमा आइतबार सवारी दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ। [caption id="attachment_2575" align="alignleft" width="300"]Scene of a car crash Scene of a car crash[/caption] मृत्यु हुनेमा सप्तरी लोहजारा– ८ बस्ने मोहमद अलि हुसैन र उनकी श्रीमती नुरजहाँ खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ३ प ११८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स १ ज ३३८ नंको भ्यान एकापसमा ठोक्किँदा उनीहरूको मृत्यु भएको हो । हुसैनको घटनास्थलमै र खातुनको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

Accident Patipatniko mirtue sunsari

विशेष