News

अपराध नियन्त्रण गर्न पैदल गस्ती

अपराध नियन्त्रण गर्न पैदल गस्ती
असोज १६ । जिल्ला प्रहरी कार्यालय मोरङले दसैंलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी कार्यालयले विराटनगरमा पत्रकार सम्मेलन गर्दै आइतबार सुरक्षा व्यवस्थाबारे जानकारी गराएको हो । police दसैं–तिहार तथा छठ पर्वमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको हो । चाडपर्वका क्रममा हुने आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालयले बाक्लो रुपमा सुरक्षाकर्मी खटाएको जनाएको छ । पैदल गस्तीदेखि ‘क्वीक रेस्पोन्स टिम परिचालन गर्ने बताउँदै मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले नगर र बाहिर सुरक्षा निगरानी बढाउन १३ सय ५० प्रहरी परिचालन गर्ने जानकारी दिए । विराटनगर नगर क्षेत्रमा मात्र ४ सय ५० प्रहरी दसैँ सुरक्षामा खटिने छन् । विराटनगर नगरक्षेत्रभित्र ट्राफिक प्रहरीको समन्वयमा ३५ स्थानमा पिकेट डिउटी, बैंक वितिय संस्था र आर्थिक कारोबार हुने क्षेत्रमा मोवाइल टोली र २४ सै घण्टा पैदल र साइकल डिउटी तैथान गरिने जनाइएको छ । त्यस्तै विराटनगर बाहिर विभिन्न ६० स्थानमा प्रहरी पिकेट टोली, २० वटा मोवाइलमा क्वीक रेस्पोन्स टोली र पैदल र साइकलमा गस्ती गरिने छ ।

Morang Paidal Gasti Police

विशेष