News

दसैँमा सरकारी बस उपत्यकाबाहिर पनि चलाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

दसैँमा सरकारी बस उपत्यकाबाहिर पनि चलाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
असोज–१६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाबाहिर पनिसरकारी बस चलाउन निर्देशन दिएका छन् । कम्तिमा पनि १०० वटा सरकारी बस चलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका हुन् । bus नजिकिँदै गरेका दसैँ, तिहार र छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका प्रमूख शहरहरु र सदरमुकामसम्म सर्वसाधारणका लागि प्रधानमन्त्रीले तुरुन्तै १०० वटा बस चलाउन निर्देशन दिएका हुन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याब्सन, एनप्याब्सन लगायतका संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्न प्रधानमन्त्रीले मन्त्री लेखकलाई निर्देशन दिएका छन् ।

chalauna pradhan mantriko nijrdeshan sarkari bus

विशेष