भारतमा यात्रु बस दुर्घटना, ९ को मृत्यु २५ बेपत्ता

असोज १६ । भारतको भोपालबाट शमशामबाद हुदै लटेरी जाँदै गरेको एक यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ भने २५ बेपत्ता छन् ।
तीव्र गतिमा गुडिरहेको बस अनियन्त्रित भएपछि पुलबाट तल खसेर पानीमा डुबेको थियो । बसमा लगभग ४० जना यात्रु सवार रहेका थिए ।
दुर्घटना क्षेत्रमा प्रहरीले जेसीबीको मद्धतले बसलाई पानीबाट बाहिर निकाल्नुका साथै उद्धार कार्य जारी राखेको छ ।
दुर्घटनाको सूचना लगत्तै पुलिस कलेक्टर र एसपी सहित राज्यमन्त्री सूर्यप्रकाश मीणा त्यहाँ पुगेका थिए ।
Bus accident
India
